शिव कुमार शाह
लहान बैशाख २३/
सिरहाको लहान नगरपालिका वडा नं २२र १२ मा पर्ने नेपालकाे धराेहरकाेरुपमा रहेको ऐतिहासिक राजा शलहेशकाे फुलवारीमा डा.अम्बेडकरकाे शालिक बनाउन जनमत पार्टीका अध्यक्ष सिकेरावत एवं मधेश प्रदेशका मुख्यमन्त्री शतिश सिंहले यहि बैशाखमा शिलान्यास गरेपछि अहिले समाजिक संजालमा चर्चाकाे विषय बनेको देखिन्छ । बाैद्धि स्तरमा प्रदेश सरकारकाे व्यपक आलोचना हुने गरेका छन् । साे ठाउँकाे आफ्नै महत्त्व रहेको छ । यसलाई अन्य नामले चिनाउन खाेजनु भनेकाे ऐतिहासिक फुलवारी माथिकाे आक्रमण हाे ।
डा.अम्बेडकर जातीय विभेद,अन्याय र असमानताको विरुद्धमा संसारभर विभिन्न आन्दोलनहरू चलेका छन्। भारतका डा. भीमराव रामजी अम्बेडकर र नेपालका मिथिला क्षेत्रका लोकनायक राजा सालेश यी आन्दोलनका दुई अमूल्य प्रेरणास्रोत हुन्, जसले आआफ्नो भूगोलमा सामाजिक जागरण र समानताको उज्यालो फैलाए।
डा. अम्बेडकर भारतीय संविधानका निर्माता र दलित अधिकारका आवाज सन् १८९१ मा जन्मिएका डा. अम्बेडकरले दलित, पिछडिएका र शोषित वर्गको पक्षमा जीवनभर संघर्ष गरे। उनी भारतका पहिलो दलित विद्वान, वकिल, अर्थशास्त्री र संविधानविद् थिए। उहाँले भारतीय संविधानमा समानता, आरक्षण र मानव अधिकारको जग हालेर इतिहास रचे। अन्तत हिन्दू जात व्यवस्था विरुद्ध विद्रोह गर्दै उहाँले लाखौं अनुयायीसहित बौद्ध धर्म अंगीकार गरे।
यता राजा सालेश मिथिला भूमि र प्रकृतिको रक्षक नेपालको मधेश प्रदेश सिराहा जिल्लास्थित लहान नजिक रहेको सालेश फूलवारी राजा सालेश र मालिनीको अमर प्रेमकथा तथा समानताको प्रतीक हो। जनकपुर मिथिला क्षेत्रमा सालेशलाई वन र प्रकृतिको रक्षक, न्यायप्रेमी राजा र जनताको राजा भनेर चिनिन्छ । हरेक वर्ष बैशाख १ गते हारमकाे रुखमा माला आकारकाे फूल फुल्छ, जुन राजा सालेश र मालिनीको पुनर्मिलनको संकेत मानिन्छ।
चर्चा गर्दा डा.अम्बेडकर र राजा सालेशले भौगोलिक हिसाबले फरक ठाउँमा जन्मिए पनि उनीहरूको उद्देश्य एउटै थियो शोषितको पक्षमा आवाज उठाउने, समानता स्थापना गर्ने, र संस्कृति, प्रेम र न्यायलाई सम्मान दिने।यस्ता प्रेरणादायी व्यक्तित्व र सांस्कृतिक स्थलहरू हामी सबैको लागि समाज सुधार र आत्मचिन्तनको मार्गदर्शक हुन्।
तर दुबैकाे भूमिका अलगअलग रहेका छन् । त्यसर्थ राजा शलहेशकाे फुलवारी नजिकै डा.शालिक बनाउनु कदापि उचित हुदैन भनेर नागरिक समाज लगायत विभिन्न राजनीतिक दलहरूले आवाज उठाईरहेका छन् ।
यस सन्दर्भमा लाहान नगरपालिकाका नगर प्रमुख महेश प्रसाद चाैधरी भन्नुहुन्छ मधेश प्रदेश सरकारले नपालाई कुनै जानकारी नगरेर बिना नाप नक्साले आफ्नै तवरले शिलान्यास गरेको छ । हामीले सम्बन्धित वडालाई जानकारी गरायसकेका छाैं साे ठाउँमा बन्नु उपयुक्त हुदैन । नगरपालिकाले डाक्टरकाे प्रतिमा बनाउन आवश्यक जग्गा उपलब्ध गराउन त्यार रहेको छ । तर फुलवारी नजिकै बनाउन लाग्नु भनेकाे राजा शलहेशकाे मान,मर्यादा र ऐतिहासिक पृष्ठभूमिमाथिकाे आक्रमण हाे । जहाँ प्रत्येक वर्ष बैशाख एक गते विभिन्न देशबाट लाखौंका संख्यामा भक्तजनहरु फुलको दर्शन गर्न आउँछ । यस ठाउँलाई केन्द्र देखि प्रदेश सरकारले संरक्षणका लागि थप बजेटकाे व्यवस्था गरेपछि स्थानीय सरकारले त्यसलाई उपयोग गर्दै लनपाबाट पनि बजेट विनयाेजन गरेर फुलबारी साैन्दर्यकरण गरेर अन्तर्राष्ट्रिय स्तरका थप पर्यटक भित्राएर साे ठाउँकाे विकास गर्नु पर्छ । साथै शालिक शिलान्यास गरेको ठाउँकाे जग्गा दाता भन्नुहुन्छ हामीलाई थाहै थिएन झुक्याएर गरेको छ । हामीले राजा शलहेशकाे गाथासँग मिल्दाे जुल्दाे विकास निर्माणका काम हुन्छ जस्तो लागेको थियो । त्यस्तो नगरेकोले साे ठाउँमा डाक्टरकाे शालिक स्थापनामा हाम्रो सहमत नरहेकाे जनाउनु भयो ।

सम्बन्धित खवर
भर्खरै प्रकाशित + थप

धेरै पढिएको