लहान बैशाख २७– लहान नगरपालिका वडा नम्बर २४ अन्तर्गत साविक वडा नं. ९ र ७ को सीमावर्ती वन क्षेत्र र खोलाबाट चाइना रेलवे कम्पनीले मापदण्ड विपरीत दिनहु नदीजन्य पदार्थ गिट्टी, बालुवा उत्खन्न गरेपछि स्थानीयबासीहरु आक्रोशित भएका छन्। साेहि वडाका निवर्तमान वडा अध्यक्ष कमलदेव यादव भन्नुहुन्छ स्थानीय विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले वडा अध्यक्ष रासलाल राय र लहान नगरपालिकाको मिलाेमताेमा उत्खनन गरिरहेकाेले स्थानीय बासिन्दा आक्राेशित भएका छन् सहमतिमा उक्त खोलाकाे बिच भागबाट १ मिटर मात्र गहिराइमा गिट्टी, वालुवा र ग्रावेल खनेर खोलालाई च्यानालाईज गर्ने उद्देश्यसहित लिखित सम्झौता भएको थियो। बाढीले खेतीयोग्य जमिन कटाने गरिरहेकाले सरोकारवाला पक्षहरुबीच सहमति भएको जनाइएको थियो। सहमति अनुसार, आवश्यक परे नदीको बीच भागबाट मात्र १ मिटरसम्म उत्खनन गर्ने भनिएको थियो। तर अहिले सहमति विपरीत चाइना रेलवे कम्पनीले उक्त सहमतिभन्दा दोब्बरभन्दा बढी दुई मिटरभन्दा बढी गहिरो खनेर हजारौं टिपर नदीजन्य सामग्री ढुवानी गरेपछि स्थानीयले गुनासो गरेका छन् । वन क्षेत्रबाट समेत बिना नियम उत्खनन भइरहेको देखिएपछि आक्रोशित स्थानीयहरुले उत्खन्न कार्यमा रोक लगाएका छन्। स्थानीय विभिन्न राजनीतिक दलका नेताहरुका अनुसार, उत्खन्नको नाममा वन मासिँदै गएको, मापदण्ड नअपनाइएको र पारदर्शिता नभएको भन्दै स्थानीयहरुले लहान नगरपालिकाकाे मेयर महेश चाैधरीसँग लिखित रूपमा कुन कानुन र मन्त्रालयको परीपत्रअनुसार वन क्षेत्र उत्खनन भइरहेको हो ? साेकाे पत्र देखाउन माँग गरेका छन्। स्थानीयहरु भन्नुहुन्छ आर्थिक प्रलोभनमा परेर वडा अध्यक्ष र लहान नपाले जनविरोधी सम्झौता गरेको आरोप लगाउँदै अब वहाँहरुमाथि विश्वास गर्न नसकिने बताएका छन्। स्मरणीय रहाेस गत वर्ष वडा अध्यक्ष रायले मानिक दह साैन्दर्यकरणकाे नाममा दहकाे ऐतिहासिक स्वरुप विगारेर लाखौं रकम दुरुपयोग गरेका छन् । जसकाे हरहिंसाब हालसम्म दिएको छैन भनि स्थानीयले गुनासो गरेका छन् खाेलामा अबैधानिक उत्खन्न गर्नु भनेकाे आर्थिक चलखेल भएकाे हुनसक्ने नेता तथा वन उपभोक्ता रामनारायण महताे बताउनु भयो । उत्खन्न रोकिएको स्थानबाट अहिले साविक वडा नं ६ नजिकको खोलाबाट चाेरी छिपी सामग्री निकालि रहेकाे आराेप लगाएका छन् । जाली क्रेटिङ्ग गर्ने सर्तमा सम्झौता भएको भएपनि हालसम्म कुनै पनि संरचना निर्माण सुरु नभएको भन्दै स्थानीय राजनीतिक दल लगायत समाजका अगुवाहरुले सम्झौता कार्यान्वयन गर्न र उत्खन्न कार्य तत्काल रोक्न शुक्रबार उत्खन्न भएको ठाउँमा पत्रकारहरुलाई जानकारी गराएका छन ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech | Total Page Visitor: