मधेस सरकारका प्रवक्ता एवं गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले समृद्धिको आधार गुणस्तरीय विकास निर्माण रहेको बताउनुभएको छ । सप्तकोशी नगरपालिकाको विभिन्न योजनाहरुको आज स्थलगत निरीक्षण को क्रममा मन्त्री लेखिले विकासको प्रमुख चुनौती नै तोकिएको समयमा गुणस्तरिय काम नहुनु बताए । उहाँले संघीय सरकारको योजनामा सो नगरपालिकाको वडा नम्बर ४ र वडा नम्बर ६ मा भइरहेका निर्माण कार्यको स्थलगत अनुगमन तथा निरीक्षण गर्नुभएको हो । संघीय सरकारको योजनामा सो नगरपालिकाको वडा ४ स्थित विशेश्वर बैरागी आधारभूत विद्यालयको निर्माणाधीन भवनमा भइरहेको निर्माण कार्यको अनुगमन तथा निरीक्षण गर्नुभएको छ । त्यस्तै गृहमन्त्री लेखीले सोही नगरपालिकाको वडा नम्बर ६ मा भइरहेको आरसीसी ढलान कार्य र वडा नम्बर ७ स्थित शैलेन्द्री प्राथमिक विद्यालयको समेत अनुगमन गर्नुभएको छ । अनुगमनमा सप्तकोशी नगरपालिका ६ का वडाअध्यक्ष नन्दिलाल चौधरी र वडा नम्बर ७ का वडाअध्यक्ष कुसुमलाल चौधरीसहित स्थानीयको समेत सहभागिता रहेको थियो ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech | Total Page Visitor: