लहान श्रावण ५/ सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा विभिन्न शिर्षकमा भएको अन्यमित्ताकाे बिरुद्धमा आईतवार नेकपा एमाले लक्ष्मीपुर पतारी गाउँपालिका कमिटी लगायत पार्टीका विभिन्न जिम्मेवारीमा रहेका नेता तथा कार्यकर्ताहरु द्वारा सूचनाको हक माग गर्दै विभिन्न योजनाका गतिविधि, गाडी भाडामा व्यापक दुरुपयोग एवं संचालन खर्च,कृषि कार्यक्रममा व्यापक अनियमिता साथै हाल किसानहरलाई ट्रान्सर्फमर जडान देखी खानेपानीको समस्या सहित गापा अध्यक्ष चतुरानन्द ठाकुरलाई ध्यानाकर्षण गराउँदै प्रमुख प्रशासकीय अधिकृत अशाेक सिंहको कार्यकक्षमा शयाैका कार्यकर्ताहरुद्वारा तालाबन्दी गरेका छन् स्थानीय नेताहरु भन्नुहुन्छ यहाँ मनपरितवरले तत्काल नचाहिने समान पनि कमिसनको लाेभमा जिन्सिशाखा मार्फत किनेकाे छ ,ठाेस विकाशका काममा कम ध्यान दिन्छ र लट्कचट्क कार्यक्रममा वढि खर्च गर्ने गरेकाे,स्थानीय जनतालाई रेडबुक समेत उपलब्ध गराउदैन, करारको ईन्जिनियर मार्फत बजेट बनाएर मुल्यांकन गरि रकम भुप्तानि गरेकाे छ । जबकी थाई ईन्जिनियर रहेपनि काम काज दिने गरेकोे छैन । भन्ने गुणासाे स्थानीयहरुले गरेका छन् ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech | Total Page Visitor: