३ चैत,काठमाडौ । मध्यपूर्वमा जारी इजरायल–अमेरिका र ईरानबीचको युद्ध १८औँ दिनमा प्रवेश गरेको छ। दुवै पक्षबाट लगातार हवाई आक्रमण, ड्रोन तथा मिसाइल प्रहार भइरहेका छन्।
इजरायल र अमेरिकाले ईरानभित्र प्रवेश गरेर विभिन्न सैन्य लक्ष्यमा हवाई हमला गरिरहेका छन् भने ईरानले पनि ड्रोन र मिसाइलमार्फत जवाफी आक्रमण तीव्र बनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
यसैबीच अमेरिकाले ईरानी नौसेनामाथि ठूलो आक्रमण गरेको दाबी गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानी नौसेनाले समुद्रमा माइन (बारुदी विस्फोटक) बिछ्याउन प्रयोग गर्ने ३० भन्दा बढी डुंगा नष्ट गरिएको बताएका छन्। उनका अनुसार अब ईरानले समुद्री मार्गमा माइन बिछ्याउन सक्ने क्षमता कमजोर बनेको छ।
ट्रम्पले विश्वका विभिन्न देशलाई स्ट्रेट अफ हर्मुज जलडमरूमध्यमा आफ्ना युद्धपोत तैनाथ गर्न पनि आग्रह गरेका छन्। उक्त जलडमरूमध्य विश्वको प्रमुख तेल आपूर्ति मार्गमध्ये एक भएकाले यहाँको सुरक्षाबारे अन्तर्राष्ट्रिय चिन्ता बढेको छ।

सम्बन्धित खवर
भर्खरै प्रकाशित + थप

धेरै पढिएको