१८ जेठ, जनकपुरधाम। जनकपुरधाम उपमहानगरपालिकाले शैक्षिक सत्र २०८३ का लागि संस्थागत विद्यालयहरूले लिन पाउने मासिक शुल्क निर्धारण गरेको छ।
उपमहानगरपालिकाको नगर शिक्षा समितिको २०८३ जेठ १६ गते बसेको बैठकको निर्णयअनुसार उपमहानगर क्षेत्रभित्र सञ्चालित निजी विद्यालयहरूको वर्गीकरणका आधारमा शुल्क सीमा तोकिएको हो।
उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद विकास शाखाले जारी गरेको सूचनाअनुसार विद्यालयलाई ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गमा विभाजन गरी ईसीडीदेखि कक्षा १० सम्मको मासिक शुल्क निर्धारण गरिएको छ।
निर्धारित शुल्कअनुसार ‘क’ वर्गका विद्यालयले सबैभन्दा बढी तथा ‘घ’ वर्गका विद्यालयले सबैभन्दा कम शुल्क लिन पाउने व्यवस्था गरिएको छ। सूचना अनुसार ईसीडी तहमा ‘क’ वर्गका विद्यालयले ४ हजारदेखि ५ हजार रुपैयाँसम्म मासिक शुल्क लिन पाउनेछन् भने ‘घ’ वर्गका विद्यालयले १ हजार २ सयदेखि १ हजार ५ सय रुपैयाँसम्म शुल्क लिन सक्नेछन्।
यस्तै, कक्षा १० सम्मका विभिन्न तहका लागि पनि वर्गअनुसार फरक–फरक शुल्क सीमा तोकिएको छ। उपमहानगरपालिकाले मासिक शुल्कलाई आधार मानेर अन्य सेवा तथा सुविधा वापत अतिरिक्त शुल्क लिनुपर्ने भए विद्यालय वर्गीकरण तथा शुल्क निर्धारण कार्यविधि–२०७९ र संस्थागत विद्यालय मापदण्ड निर्देशिका–२०७९ अनुसार मात्र लिन निर्देशन दिएको छ।

सम्बन्धित खवर
भर्खरै प्रकाशित + थप

धेरै पढिएको