स्थानीय तहका उम्मेदवारहरुलाई निर्वाचन आयोगले गरेको जरिवाना माफी मिनाहा भएको छ । गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा गरेको खर्चको विवरण तोकिएको समयसीमा भित्र निर्वाचन आयोगलाई नबुझाउने उम्मेदवारहरुलाई आयोगले जरिवाना गरेको थियो । यस्ता १ लाख २३ हजार ६५० जना उम्मेदवारलाई आयोगले २४ अर्ब ६३ करोड ८८ लाख रुपैयाँ जरिवाना गरिएको थियो ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरुको जरिवाना माफी मिनाहा गर्न राष्ट्रपति कार्यालयलाई सिफारिस गर्ने निर्णय गरेको थियो । सोही निर्णय बमोजिम शुक्रबार स्थानीय तहका उम्मेदवारहरुको जरिवाना माफी मिनाहा गरिएको राष्ट्रपति कार्यालयस्रोतले जनाएको छ ।

सम्बन्धित खवर
भर्खरै प्रकाशित + थप

धेरै पढिएको