नागरिक उन्मुक्ति पार्टीका नेता एवं प्रतिनिधिसभा सदस्य अरुण चौधरी आइतबार जेलमुक्त भएका छन् । गत मंसिर ४ गते कैलाली २ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित चौधरी गत माघ १९ गते पक्राउ परेका थिए ।
२०६६ साल भदौ ३ गते थारु आन्दोलनको क्रममा एउटा ट्रयाक्टरमा आगजनी गरेको अभियोगमा चौधरी विरुद्ध २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले ६ महिना कैदको आदेश सुनाएको थियो । उक्त कैद जरिवाना भुक्तान नगरेको भन्दै उनी प्रतिनिधिसभा निर्वाचित भइसकेपछि पक्राउ परेका थिए । उनलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिको कार्यालयले प्रजातन्त्र दिवसको अवसरमा आम माफी दिएपछि आइतबार जेलमुक्त भएका हुन् ।

सम्बन्धित खवर
भर्खरै प्रकाशित + थप

धेरै पढिएको