नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यहीँ फागुन २५ गते हुन गइरहेको राष्ट्रपति पदको निर्वाचनका लागि एमाले अध्यक्ष केपी ओलीसँग भोट मागेका छन् । सभापति देउवाले पत्र लेखेरै ओलीसँग भोट मागेका हुन् ।

नेपाली कांग्रेसबाट रामचन्द्र पौडेललाई राष्ट्रपति पदका लागि आठ दलले संयुक्त रुपमा उम्मेदवार बनाएका छन् । कांग्रेस सहित माओवादी केन्द्र, जसपा, लोसपा, एकीकृत समाजवादी, जनमोर्चा, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीले देउवालाई राष्ट्रपति पदमा निर्वाचित गराउन गठबन्धन गरी कार्यदल बनाएका छन् ।

यस अघि एमाले अध्यक्ष ओलीले सुभाषचन्द्र नेम्वाङलाई राष्ट्रपति पदमा भोट माग्दै नेपाली कांग्रेस बाहेक सबै दललाई पत्र लेखेका थिए । कांग्रेसले भने अन्य दलहरुसँग प्रत्यक्ष रुपमा भेटेर भोग मागिरहेको छ भने एमालेलाई पत्र लेखेको छ ।

राष्ट्रपति निर्वाचन कार्यतालिका अनुसार आज उम्मेदवारले आफ्नो नाम फिर्ता लिन सक्नेछ ।

सम्बन्धित खवर
भर्खरै प्रकाशित + थप

धेरै पढिएको