प्रतिनिधिसभाकी उपाध्यक्ष इन्दिरा रानाले चाहिएजति घरभाडा नपाएको गुनासो गरेकी छिन् । भ्रष्टाचार विरुद्ध सांसदहरुको विश्वव्यापी संगठन, नेपाल च्याप्टरले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उपसभामुख रानाले भनिन्, हिजोसम्म सांसदको रुपमा जेजति सेवा सुविधा पाएँ त्यसमा कुनै असन्तुष्टी थिएन । अहिले मैले उपसभामुखको घरभाडा वापत ३६ हजार रुपैयाँ मात्र पाइरहेको छु जबकी ४४ हजार रुपैयाँ तिर्नु परिरहेको छ । मैले पाउनुपर्ने अन्य सेवा सुविधाहरु पनि पाउन सकिरहेको छैन ।
पुरुष जनप्रतिनिधि र ठूला पार्टीका पदाधिकारीहरुले तोकिएको सेवासुविधा पाउन बोल्नु पर्ने आवश्यक्ता नरहेको उल्लेख गर्दै उनले महिला र साना पार्टीका पदाधिकारीले पाउनुपर्ने सेवा सुविधा प्राप्त गर्न पनि नसक्नु भ्रष्टाचार भएको उल्लेख गरिन् ।

सम्बन्धित खवर
भर्खरै प्रकाशित + थप

धेरै पढिएको