रामसहाय प्रसाद यादव संघीय गणतन्त्र नेपालको तेस्रो उपराष्ट्रपति निर्वाचित भएका छन् ।

संघीय संसद् भवन बानेश्वरमा भर्खरै सम्पन्न मतगणनाअनुसार यादव चौथो कार्यकालका लागि उपराष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

निर्वाचित यादवले ३० हजार ३२८ मतभार प्राप्त गर्दै विजयी भए । उनले संघतर्फ १८४ र प्रदेशसभातर्फ ३२९ मत प्राप्त गरे ।

उनले  ३० हजार ३२८ मतभारसहित निर्वाचित हुँदा नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य दोस्रो मतभारसहित पराजित भएकी छन् ।

यादवले प्रदेशतर्फको ३२९ मत र संघतर्फको १८४ मत पाएका छन् ।

एमाले उमेदवार शाक्यले प्रदेशतर्फ १६९ र संघतर्फको १०४ मत पाएकी छन् । उनले पाएको कुल मतभार १६ हजार ३२८ हुन्छ ।

यस्तै जनमत पार्टीका तर्फबाट उमेदवार बनेकी ममता झाले संघतर्फको २३ र प्रदेशतर्फको १५ मतसहित कुल दुईहजार ५३७ मतभार पाएकी छन् ।

प्रमिला कुमारीले भने प्रदेशतर्फको एक मत पाएकी छन् । उनले सार्वजनिक विज्ञप्तीमार्फत् आफ्नो उमेदवारी फिर्ता लिएपनि कानुनी रुपमा उनको नाम भने कायम थियो ।

 

सम्बन्धित खवर
भर्खरै प्रकाशित + थप

धेरै पढिएको