नित्यानन्द मण्डल
यसलाई दुई अवधिमा विभाजित गरेर हेर्न सकिन्छ । पहिलो जतिबेला विवाहपञ्चमीको आरम्भ भयो । यसैगरी दोस्रो झण्डै डेढ दुर्ई दशक अगाडिको अवधिलाई लिन सकिन्छ ।
पहिलो चरणको कुरा गर्ने हो भने यहाँ भएका गाछीहरुमा हुने गरिएको आयोजनहरुलाई लिन सकिन्छ । संस्कृतिविद् डा. विमलका अनुसार ती गाछीहरुमा तीन जाति, समुदाय र वर्गका सांस्कृतिक झल्को पाइन्छ । ती गाछीहरु हुन् । १. तिरहुतियागाछी २. पहाडिया गाछी ३. जानकी बाग र ४. हनुमान बाग ।
१. तिरहुतियागाछी
यसमा नेपाल तथा भारतका मिथिलाक्षेत्रका मानिसहरुको जमघट हुन्थ्यो । सांस्कृतिक उत्सव, कार्यक्रमहरु हुन्थ्यो । यहाँ भारतको लुधियानाको न्यानो कपडाको पसल, जडीबुटीको स्टाँल, खाद्यसामग्री, मसालाको बजार, भाँडा–वर्तनको ठूलो पसल । जीरा, तेजपात किन्थे । छालाका जुत्ता सहित अन्य धेरै सामान विक्री हुन्थ्यो । रमझम हुन्थ्यो । टुरिङ टाकिजमा फिल्म हेर्न गाउँबाट मानिस आउँथे, आफ्ना विगत सम्झिन पुग्छन्, मधेश प्रज्ञा प्रतिष्ठानका अध्यक्ष रामभरोस कापडि भ्रमर । अहिले यहाँ गाछी त छैन् तर जग्गाचाहिँ बाँकी नै छ, जहाँ यात्रीहरु खुल्ला अकाश मुनि रात काट्छन् । विद्यापति गीत, सोहर, समदाउनले अनुगुञ्जित हुन्थ्यो, जनकपुर ।
२. पहाडि़या गाछी
जनकपुरधाम उपमहानगरपालिकाको कार्यालय र निलम टाँकिजको पछाडि यो गाछी थियो । यहाँ पहाडदेखि आएकाहरु नाचगान, खेलतमासा गर्थे जहाँ पहाडी समुदायको बाक्लो उपस्थिति हुन्थ्यो । यसमा नै केटाकेटीले आफ्नो जोडी रोज्थे, विवाह हुन्थ्यो । भटमास, सुन्तला पाइन्थ्यो । जडीबुटी ल्याइन्थ्यो ।
जानकी र हनुमान वाग
यसमा पहाडका राई, लिम्बु, मगर लगायतका आदिवासी, जनजाति, दलित र सीमान्तकृत समुदायको घुँइचो लाग्ने गर्दथ्यो । यहाँ उनीहरुले आफ्ना भाकाका गीतहरु गाउने, नाच्ने गर्दथे । केटकेटीसँग मायाप्रितिका कुरा गर्ने अनि विवाह समेत गर्दथे । मासु, रक्सी खान्थे, रमाइलो गर्दथे ।
यसरी सर्कस, थिएटर, रामहिलोरा, जादूखेल, मौतका कुँवाजस्ता खेल आउँथ्यो । यिनीहरुमा कर लाग्दैन्थ्यो । ग्लोबल थिएटर जस्ता नामी तीनचार वटा जति थिएटर हुन्थ्यो । रेहाना, मिनाकुमारी, नर्गिस जस्ता भारतीय पुराना नायिकाहरुको नाउँमा थिएटरमा नर्तकीहरुको नाउँ राखिएको हुन्थ्यो । मान्छे झुमिन्थे । सत्यनारायण थिएटरमा कलाकार मास्टर करिमको संवाद सुनेर मानिसहरु पेट मिचिमिचि हाँस्थे ।
बारहबिघामा घोडाको दौड हुन्थ्यो–इनामी । देवी चोकका एकजनाले लगभग बर्षेनी घोड दौडमा जित्थ्यो । भालु नाचिरहेको हुन्थ्यो, बाँदरले कमाल देखाइरहेको हुन्थ्यो । आम मानिस भुँईमै पलेँटी कसेर पात ओछ्याएर दही, च्यूरा, खाइरहेका हुन्थ्यो । जेरी, झिल्ली, मुरही,कचरी चपका स्वाद लिइरहन्थे । मेलामा साली, सरहोजनीसँगको भेँटघाट, प्रेमीप्रेमिकाका मिलन । टाउँका तेल धसेर मुखमा पान चपाउँदै प्रेमिकाको हात समाएर मेला घुम्ने जोडी पनि कम्ती हुँदैन्थ्यो । साँच्चिकै धेरै रमाइलो हुन्थ्यो ।
डा.विमल सम्झिँदै भन्छन्, ‘विवाहपञ्चमी सुरुहुनुभन्दा पहिला १५ दिन र पछिको १५ दिन गरी एक महिनासम्म मेला लाग्ने गर्दथ्यो । एक एकजनाको घरमा सयभन्दा बढि नै पाहुनाहरु हुन्थ्यो । दिनरात आफ्न्त खोज्न केटाकेटी लागिरहन्थ्यो । गोपाल धर्मशालामा जम्मा भएका भीडमा, मन्दिर र कुट्टीमा आफन्त, सरकुटूम्ब भेटिन्थ्यो । घरजानलाई आग्रह गरिन्थ्यो तर जान हच्किन्थ्यो, तैपनि केटकेटीका जिद्दका कारण उनीहरु आफ्ना सखासम्बन्धितको घर जान विवश हुन्थ्यो । गर्वले मानिसहरु आफ्नो घरमा कसैले सय त कसैल डेढसय आफ्न्त आएका कुरा आपसमा साट्थे ।’
यो त भयो पुराना किस्सा । अब चाहिँ न पहाडिया गाछी छ, न,त हनुमान र जानकी बाग नै रहेन । केबल बाँकी छ भने उराठलाग्दो बारहविग्गहा, ठिटलाग्दो तिरहुतिया गाछी । जग्गा मात्र छन्, रुखविरुवा छैनन् । यसवीचको डेढदुई दशकको अवधि हेर्ने हो भने विवाहपञ्चमीका अवसरमा नेपाल र भारतका प्रमुख व्यक्तिहरुको आगमनले पनि यसको महत्व बढाएको प्रतित हुन्छ ।
नेपालका राजा, राष्ट्रपति तथा भारत उत्तरप्रदेशका मूख्यमन्त्री योगी आदित्यनाथ जस्ता साधुसन्त लगायतका हस्तीहरुको आगमनले अवसरलाई महत्वपूर्ण बनाएको छ । यो क्रम पनि भंग भएको स्वीकार्दै उत्तराधिकारी महन्थ रामरोशन दास भन्छन्, ‘ मानिस व्यस्त छन् । पहिला जस्ता फुर्सिदिला छैनन् । बढि समय व्यतित गर्न चाँहदैनन् । ईलेक्ट्रोनिक्स मिडियाका युग छ, सामाजिक सञ्जाल तथा मिडियाहरुको प्रयोग गरेर सेलिब्रेटीहरु, दिग्गज साधुसन्तहरुलाई निम्ता गर्नुपर्ने हो ।’ पुराना शोच र शैलीले काम चल्नेबाला छैन् । भारतका मेलामा हुने गरेको आधुनिक ट्वालेट निर्माण कार्य सिकेर अनुकरण गर्नुपर्ने, टेण्ट हाउसमै फाइभस्टार होटेल सरहको सेवा सुविधा दिनुपर्ने, तीनै तहका सरकारको नेतृत्वमा मेला प्राधिकरण गठन गरिनुपर्ने जसले मेलालाई व्यवस्थित मात्रै गर्दैन्, सरकारका लागि आम्दानीका स्रोत पनि बढाउने छ । उसले मेलाअवधिमा पसले, होटेलहरुसँग कर, मेलाअवधिका लागि सरसफाइ कर्मचारी तथा स्वयंसेवकहरु भर्ना गर्न पाउँछन् भने उनको धारणा छ ।

सम्बन्धित खवर
भर्खरै प्रकाशित + थप

धेरै पढिएको