नेपाली कांग्रेसका केन्द्रिय सहमहामन्त्री महेन्द्र यादवले नेपाली नेताहरु ईमान्दार भए नेपालले गर्ने क्षमता अनुसारको विद्युत उत्पादन भारतमै बेचेर नेपाल सम्पन्न हुन सक्ने र अन्य कुनै देशलाई हार गुहार गर्न नपर्ने बताएका छन् । बिहीबार जनकपुरधाममा नेपाल भारत मैत्री युवा संघ धनुषाको आयोजनामा १५ अगस्त भारत स्वस्तन्त्रता आन्दोलनमा नेपाली नेताहरुको भुमिका विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै सह महामन्त्री यादवले संघियता, समावेशिताको सवालमा कुनै पनि सम्झौता मान्य हुन नसक्ने समेत बताए । विभिन्न राजनितिक दलका नेता, जनप्रतिनिधी र विज्ञहरुले भारतको ७८ औं स्वतन्त्रता दिवसको शुभकामना दिदै भारतको स्वतन्त्रतामा नेपाली नेता र नागरिकले लेखेको भुमिकाको स्मरण गर्नुका साथै भारतबाट पुरा हुनुपर्ने अपेक्षाहरु बारेमा पनि चर्चा गरेका छन् । पुर्व मन्त्री समेत रहेका नेता यादवले भारतको स्वतन्त्रतामा विपी कोइराला, पुष्पलाल सहित कांग्रेस कम्युनिष्टका नेताहरु सहित मधेशका नागरिकहरुले दिएको योगदानको चर्चा गरे । गोष्ठीमा प्रदेश सभा सदस्य रामअशिष यादव, अञ्जना पण्डित, कुमरकान्त झा, निति आयोगका पुर्व उपाध्यक्ष डा. भोगेन्द्र झा, नेपाली कांग्रेस महोतरी सभापति नागेश्वर यादव, धनुषा उपसभापती गणेश झा, संघका अध्यक्ष बजरंग प्रसाद यादव, जसपा नेता तथा संघका उपाध्यक्ष बिश्नुदेव साह सहितकाले नेपाल भारतको सम्बन्ध दुनियाको अरु कुनै पनि देश भन्दा फरक र अति प्रिय रहेको भन्दै भारतले नेपालको जनताले बलिदानीका साथ ल्याएको उपलब्धी रक्षामा पनि सहयोग हुनुपर्ने बताए । वहाँहरुले नेपाल र भारतको सम्बन्ध बिर्गान चिन सहित देश र विदेशी विभिन्न तत्वहरु क्रियाशिल रहेकाले मधेशको जनताले त्यस्तो कदापि हुन नदिने बताए । भारत स्वतन्त्रता आन्दोलनका बेला नेपालमा बन्दी बनाईएका भारतिय नेता सहित आन्दोलनका सहयोगी नेपाली नेताहरु कैद गरिएको जेल तोडेर यहाँको जनताले पनि असल मित्र र नातेदारको कर्तव्य वहन गरेको भन्दै वक्ताहरु भारतको विकास र हित बिना नेपालको हित र विकास सम्भव हुन नसक्ने बताए । संघका अध्यक्ष यादवले नेपाल भारतको सम्बन्धको रक्षा र सदृढिकरणका लागि संघले यस्ता कार्यक्रमहरुमा तिव्रता दिने गोष्ठीमा जानकारी गराए।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech | Total Page Visitor: