राखी साह, गृहमन्त्री रमेश लेखकले संसदका दुई ठूला दल कांग्रेस र एमालेबीच भएको सहमति कार्यान्वयन नभए मुलुक संकटमा फस्ने बताएका छन् । शुक्रबार जनकपुरधाममा जिल्ला प्रशासन कार्यालय धनुषाको नयाँ भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले मुलुकमा राजनीतिक अस्थिरता, आर्थिक समृद्धि र शिथिल भएको अर्थतन्त्रलाई क्रियाशील बनाउन कांग्रेस–एमाले मिलेको बताएका हुन् । कांग्रेस र एमाले पहिलोपटक मात्रै नमिलेको बताए । ‘कांग्रेस-एमाले पहिलोपटक मिलेको होइन । यसअघि पनि मुलुकमा भएका विभिन्न समस्यालाई सम्बोधन गर्दै अगाडि बढाउने काम भएको छ,’ गृहमन्त्री लेखकले बताए । गृहमन्त्री लेखकले ‘संसदमा कुनै पनि दलको बहुमत भएन । साना–साना दल मिलेर बनेको सरकार अस्थिर रह्यो । संघमा सरकार फेरिपछि सातै प्रदेशमा सरकार फेरिने परिपाटी बन्यो । त्यसैले कांग्रेस–एमाले मिलेर स्थिर सरकार बनाएका हौँ। उनले १८ वर्षदेखि संक्रमणकालिन न्याय सम्बन्धि विषय निश्कर्षमा पुग्न सकि रहेको थिएन तर दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले एकठाउँमा उभिदा संक्रमणकालिन न्याय सम्बन्धि विषय निश्कर्षमा पुर्याउन सफल भएको स्पष्ट गरे। गृहमन्त्री लेखकले भन्नुभयो केही दिनमै समिकरण बन्ने र भत्किने हुँदा देशले राजनीतिक रुपमा स्थायित्व पाएन, यसले प्रत्यक्ष सेवा प्रवाहलाई समेत प्रभावित गर्यो ।’ अगाडी भने ‘अहिले निर्माण गरिएको नयाँ समिकरण मुलुकका लागि निर्विकल्प छ, यो समिकरण निश्कर्षमा नपुगेसम्म यसको विकल्प खोज्नु उचित हुने छैन ।’
Copyright © 2024, All Rights Reserved | Developed By ProTech | Total Page Visitor: