सिरहा ।
पूर्व कानुन मन्त्री तथा प्रतिनिधिसभा सदस्य लिलानाथ श्रेष्ठले सिरहामा सञ्चालित विभिन्न योजना तथा विकास निर्माणका कार्यहरूको स्थलगत अनुगमन गरेका छन्। मन्त्री श्रेष्ठले पछिल्लो केही दिनदेखि सिरहाका विभिन्न स्थानमा रहेका अधुरा तथा चालु योजनाहरूको निरीक्षण गर्दै आएका छन्।

अनुगमनकै क्रममा श्रेष्ठले आज सिरहाको गोलबजार नगरपालिका–२ स्थित गोलबजार खेलग्राम (गुरुधाम) को निरीक्षण गरे। उनले योजनाको उद्देश्य र मूल्यांकन अनुसार काम भइरहेको छ कि छैन भन्ने कुराको पुष्टि गर्न आफु स्थलगत अनुगमनमा आएको बताए।

मधेशका तीन जिल्ला — पर्साको नारायणी रंगशाला, जनकपुरको रामजानकी रंगशाला र सिरहाको गोलबजार खेलग्रामलाई राष्ट्रिय गौरवको योजनामा राखिएको श्रेष्ठले बताए। यस योजनालाई बहुवर्षीय ठेक्का लगाएर गोलबजारलाई खेलकुद क्षेत्रको ‘हव’ बनाउने लक्ष्य रहेको उनले बताए छ।
श्रेष्ठले गोलबजार क्षेत्रमा खानेपानीको चरम अभाव रहेको उल्लेख गर्दै सरकारले चुरे क्षेत्रको काखमा पोखरी तथा ताल निर्माण गर्ने, गाउँ-गाउँमा चापाकल र इनार पुनःसञ्चालन गराउने कार्यलाई प्राथमिकताका साथ अघि बढाइरहेको बताए। सरकारले वातावरण र प्राकृतिक स्रोतप्रति संवेदनशीलता देखाउँदै योजनाहरू सोच-विचारसाथ अघि बढाइरहेको श्रेष्ठले बताए ।उनले हालसम्मका कामहरू सकारात्मक ढंगले अघि बढिरहेको प्रतिक्रिया पनि दिएका छन्।

सम्बन्धित खवर
भर्खरै प्रकाशित + थप

धेरै पढिएको