जनकपुरधाम उद्योग बाणिज्य संघको उपाध्यक्ष पदमा शंकर स्टोर पेट्रोल पम्पका संचालक लक्ष्मण साह र्निविरोध निर्वाचित भएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ जानकीनगरका लक्ष्मण साह यस पटक र्निविरोध रुपमा उपाध्यक्ष बन्न सफल भएका छन् । उनका विरुद्व उम्मेदवारी दर्ता गराएका कपलेश्वरका बिश्वनाथ साह सुडी अन्ततः आफनो उम्मेदवारी फिर्ता लिएपछि उनी र्निविरोध हुने पहिलो भाग्यशाली उम्मेदवार बन्न सफल भएका छन् । निर्वाचन समितिका प्रमुख ललित साहले जानकारी दिए। साहले समाजिक क्षेत्र लगनशील भएर काम गर्दै आएको छ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech | Total Page Visitor: